रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान



काठमाडौं, भदौँ २

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनासँग बयान लिइएको छ ।

लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालयमा आज बयान लिइएको हो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो । निषेधिक क्षेत्र जारी गरे पनि रवी समर्थहरुले भने प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News