दूधको मुल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारिस


 


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूधको मूल्य प्रतिलिटर १० रुपैया बढाउन सिफारिस गरेको छ । कार्यदलले अध्ययन गरी दूधको मूल्य बढाउन सिफारिस गरेको हो ।

साउन २९ गते गठित कार्यादलले सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई अध्ययन प्रतिवेदन पेश गरेको छ । दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त दूधको मूल्य बढाउन सिफारिस कार्यदलका संयोजक थिए । बढ्ने मूल्यको ६९ प्रतिशत दुग्ध उत्पादक किसानले तथा ३१ प्रतिशत व्यवसायीले पाउने हुने गरी मूल्य बृद्धिको सिफारिस गरेको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्