रवि सहित तीनै जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश !


 


काठमाडौँ : जिल्ला अदालत चितवनले संचारकर्मी रवि लामिछाने सहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

पुडासैनीको रहस्यमय निधनको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको ५ दिन बितिसकेको अवस्थामा पुन २० दिन थप गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनको मागमा अदालतले हाललाई ५ दिन थपेको हो ।

पत्रकार शालिग्राम पुडासैनी प्रकरणमा मुछिएका लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान पूरा नभएको जनाउँदै चितवन प्रहरीले थप अनुसन्धानका लागि २० दिन हिरासतमा राख्न माग गरेको थियो ।

पुडासैनीको रहस्यमय निधनको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको ५ दिन बितिसकेको अवस्थामा थप अनुसन्धान गर्नुपर्ने भन्दै सो समय थप्न माग गरिएको हो ।

चर्चित र गम्भीर प्रकृतिको घटना रहेको हुँदा प्रहरीले यस प्रकरणको संयमित हुँदै अनुसन्धान गरिरहेको छ। यस घटनाको अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलि चितवनमै छ।

लामिछानेका समर्थकहरूले दिनहुँ जस्तो चितवन सहित देशमा विभिन्न स्थानहरुमा प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्