प्रधानमन्त्रीले बोलाएको बैठक माधव नेपालले गरे बहिष्कार


 


काठमाडाैं प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोग पदाधिकारी चयनका लागि बालुवाटारमा बैठक बोलाएका थिए । सो बैठकमा नेकपा भित्रै असन्तुष्टि चुलिएको छ । यसअघि नेकपा सचिवालय बैठकले गरेको निर्णय विरुद्ध नोट अफ डिसेन्ट लेखि असन्तुष्टि जनाएका थिए । नेता नेपालले ‘एक व्यक्ति एक पद’को माग गर्दै फरक मत राखेका थिए ।

अध्यक्ष ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता नेपाल असन्तुष्ट बनेका हुन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ ।

गत शुक्रबारको बैठकमा वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरिएलगत्तै आफूमाथि अन्याय भएकाले खनालले वरीयताक्रम पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए । टुंगिसकेको मुद्दा उठाएर हेरफेरको कोसिस गरिए विधानमा व्यवस्था गरिएको एक व्यक्ति ः एक जिम्मेवारी अध्यक्षबाटै लागू हुनुपर्ने माग राख्ने नेपालको तयारी छ ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्