आफ्नै पार्टी सिध्याउन दुई नेता सक्रिय !



काठमाडौं राष्ट्रिय जनता पार्टी (राजपा) लाई बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा विलय गराउने प्रयासमा राजपाकै केही नेताहरू लागिपरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार नेताहरू राजेन्द्र महतो र शरत्सिंह भण्डारी राजपालाई समाजवादी पार्टीमा मिसाउन विभिन्न किसिमबाट सक्रिय भएका छन् ।

पार्टी अध्यक्ष राजकिशोर यादव, सर्वोच्च नेता महन्थ ठाकुर र अर्का नेता अनिल झा राजपाको इतिहास र भविष्य मेट्न नहुने अडानमा रहेका छन् । यी तीन नेताको अडानकै कारण अहिलेसम्म राजपा जोगिएको छ । अर्का राजपा नेता महेन्द्र यादवलाई उपेन्द्र यादवले आफूतिर आउन ‘रेड कार्पेट’ बिछ्याइसकेको बताइन्छ । पार्टी विलय नभए पनि महेन्द्र यादव एक्लैलाई आफ्नो समूहमा भित्र्याउन उपेन्द्रले कोसिस गरिरहेको बुझिएको छ ।

यसरी पार्टी सिध्याउनेतिर तीन र बचाउनेतिर तीन नेता भएकोले अब राजपा विभाजित हुने त होइन भन्ने आशङ्का उत्पन्न भएको छ । आठ सय पचासजनाको केन्द्रीय समितिमा महतोको टोलीले चालीस प्रतिशत सङ्ख्या पुऱ्याउन सक्ने स्थिति अहिलेसम्म देखिएको छैन । संसदीय दलका अठार सदस्यमध्ये बढीमा पाँचजना मात्र महतोकोे पक्षमा रहेकोले दलमा पनि चालीस प्रतिशत सङ्ख्या पुग्ने देखिँदैन । उपेन्द्र यादवले राजेन्द्र महतोलाई भविष्यमा अर्थमन्त्री बनाइदिने आश्वासनसहित समाजवादी पार्टीमा भित्र्याउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News