दश वर्ष बित्दा पनि मर्मत भएन टेलिकमको टावर



सल्यान : बन्गाड कुपिन्डे नगरपालिका–४ तारुपारेमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएको दश वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । टावर मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका छन्। टावर मर्मत नहुँदा बन्गाड कुपिन्डे नगरपालिका, कुमाख गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका र सर्खुेतको सिम्ता गाउँपालिकाका बासिन्दा सञ्चार क्षेत्रबाट बञ्चित भएका छन्।

सौर्य ऊर्जाबाट सञ्चालित टावर निर्माण भएको ६ महिना मात्र चौबिसै घण्टा काम गरेको थियो। अहिले दैनिक १० घण्टा मात्र काम गर्दै आएको स्थानीयको भनाइ छ। वर्षभरी नै टावरमा समस्या र सोलारको व्याट्री चार्ज नहुँदा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मुस्किलले टावर सञ्चालनमा आउने गरेको टावर रेखदेख गर्दै आएका शेरबहादुर पुनले बताए।

टावरको मर्मत गरी क्षामता विस्तार गर्न पटक पटक नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा अनुरोध गरे पनि सुनुवाइ भएको छैन। यस्तै, स्थानीय तहले पनि चासो नदिएको स्थानीयको गुनासो छ। घाम लागेको बेला मात्र टावरले काम गर्ने गरेको गणेश चन्द बताउँछन्।

तारुपारेको टावरसँगै वडा न ५ को लाटुगैराको टावर, वडा न ११ को माझकाँडाको टावर, सुर्खेतको सिम्ता काप्रितौमा रहेको नेपाल टेलिकमको जिएसएम टावर र सुर्खेतको गुमिचुलामा रहेको टावर सोलारका माध्यमबाट सञ्चालन हुने हँुदा बादल लाग्दा काम फोनले काम गर्न सकेका छैनन्। सोलारले चौबिसै घण्टा काम नगर्दा सेवाग्राही मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News