यी ३ जना बिरुद्ध रवि लामिछानेकी पत्नी निकिताले पनि दर्ता गरिन् प्रहरीमा उजुरी


 


काठमाडौं, भदौँ ४

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसहित ३ जनाविरुद्ध उजुरी दिएकी छन् ।

निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत उजुरी दिएकी हुन् । निकिताले दर्ता गरेको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठ र नेपालआजडट्कम नाम अनलाइन समाचार पोर्टलका सम्पादक संकेत कोइरालालाई विपक्षी बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

निकिताले दायर गरेको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण किर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको परिसर स्रोतले जानकारी दियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निकिता पौडेल उजुरी दर्ता गर्न आएको पुष्टि गरे ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्