चितवनमा रवि लामिछानेका समर्थक पक्राउ


 


चितवन । चितवन प्रहरीले प्रदर्शनका नाममा अभद्र व्यवहारमा उत्रिएको भन्दै टेलिभिजन प्रस्तोता रवि लामिछानेका केही समर्थकलाई पक्राउ गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा अनुसन्धान गर्न रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट चितवन लगेसँगै रविका समर्थकहरुले उनको रिहाइको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।

नारावाजी र प्रदर्शन गर्ने क्रममा प्रहरीको गाडीमाथी आक्रमण गर्ने, प्रहरीमाथी ढुङ्गा प्रहार गर्ने, भिडलाई उत्तेजित पार्ने प्रयास गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको मुद्धा दर्ता गरी कारबाही अगाडी बढाइएको छ । पक्राउ परेकामध्ये ४ जना धरौटीमा रिहा भएका छन् भने १० जनालाई म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्