काठमाडौ उपत्यकामा ५५ जनामा भेटियो डेंगु


 


काठमाडौं, भदौ ४

केही महिना पहिले धरानमा उग्र रुप लिएको डेंगु रोग काठमाडौं उपत्यकामा पनि भेटिएको छ । अहिले सुनसरी लगायत पूर्वको केही जिल्लामा फैलिएको डेंगु रोग नियन्त्रण भन्दा बाहिर रहेको बेला काठमाडौंमा पनि यसबाट संक्रमित बिरामी भेटिएका हुन् । बुधबार इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। विवेककुमार लालले बाठमाडौं उपत्यका मा ५५ जना डेंगु रोगी भेटिएको बताए ।

उनका अनुसार महाशाखाले २३ वटा अस्पतालमा यसको अध्यायन गरेको थियो । जसमा १० ओटा अस्पतालमा ५५ जना डेगु संक्रमित उपचारका लागि आएका हुन् । गएको बर्ष काठमाडौं उपत्यकामा जम्मा १६ जनामा मात्रै डेगु संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तर यसबर्ष उपत्यकामा डेंगु सार्ने लामखुट्टेका दुई प्रजाति भेटिएकाले संक्रमितको सङ्ख्या बढेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

डेंगुबाट खासगरी जेष्ठ बृद्ध, बृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता भएकाहरु शतर्कलाई सतर्क रहन इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्