प्रधानमन्त्री जहाँ भएपनि अब भिडियोबाटै मन्त्रिपरिषद् बैठक बस्ने


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका लागि आज (बिहीबार) सिंगारपुर जाँदैछन् ।

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतममन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन थियो ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्