प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखिएको छः निजी चिकित्सक डा शर्मा


 


काठमाडौं, भदौ ५

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पानुभएको छ । उहाँले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको सुनाउनुभयो ।

बिहीबार काठमाडौंमा आयोजित विशेष साक्षात्कारमा बोल्दै डा। शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्काशन गरि निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर जानुभएको उहाँको स्पष्टोक्ति थियो । उहाँकाअनुसार प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुनेछ । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा। दिव्या सिंह सँगै जानुभएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्