यी हुन मन्त्रिपरिषद बैठकका निर्णयहरु


 


काठमाडौं, भदौ ५

सरकारले विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गरेको छ। बिहीबार सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीपरिषद्‌को निर्णयहरु सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् । सरकारले राष्ट्रिय सतर्कता केन्द्रका सचिव कृष्ण बेलबासेलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ।

त्यस्तै, सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ । यसैगरी राष्ट्रपतिको कार्यालयका सचिव बिनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयको कार्यालयमा सरुवा गरिएको छ । यस्तै सार्वजनिक खरिद ऐन कार्यालयका सचिव टेकेन्द्रराज शर्मा पौडेललाई राष्ट्रिय प्राकृति स्रोत वित्त आयोग साधनको कार्यालयमा सरुवा गरिएको छ।

यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाललाई लोक सेवा आयोगमा खटाइएको छ भने महालेखा नियन्त्रकको कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई भूमि व्‍यवस्था तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ।

त्यस्तै मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्