रवि लामिछानेको रिहाईको माग गर्दै सुर्खेत र बुटवलमा उर्लियो जनसागर


 


काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा देशभर प्रदर्शन जारी छ । पोखरा, चितवन, झापा, सुर्खेत, इलाम, विराटनगर लगाएतका विभिन्न ठाउँमा युवा जमातले लामिछाने र कँडेलको समर्थनमा स्वतस्फूर्त –याली निकालेका छन् ।

हातभरि प्लेकार्ड बोकेर चर्को घाममै बुटवलमा युवा जमातले सञ्चारकर्मी लामिछानेको रिहाईको माग गरेका छन् । उनीहरुले पत्रकार सालिकराम पुडासैनी प्रकरणमा कारवाहीको माग गर्दै, निर्दोष रवि लामिछाने र युवराज कंडेललाई बिनासर्त रिहा गर्न माग गरेका थिए ।

स्वतस्फूर्त स्वतन्त्र युवाहरुको आह्वानमा पुष्पलाल पार्कदेखि मणिग्रामसम्म बाइक –यालीको आयोजना गरिएको थियो । सोही –यालीलाई बुटवल ट्राफिक चोकमा पु–याई कोणसभामा परिणत गरिएको थियो । कार्यक्रममा उल्लेख मात्रामा युवा, महिला तथा विद्यार्थी र बौद्धिक बर्गका ब्यक्तिहरुको सहभागीता थियो ।

कार्यक्रममा सहभागी धेरैले रवि लामिछानेलाई फसाउन खोजिएको भन्दै त्यसको बिरोध मात्रै गरेनन्, सरकारको मिडियामाथिको हस्तक्षेपको समेत बिरोध गरेका थिए । कार्यक्रममा सहभागी तथा संयोजन गरेका युवा अर्जुन क्षेत्रीले आफूहरुको आन्दोलन न्यायको लागि भएको भन्दै रविलाई अनावश्यक मुद्दामा जोडेर सारा नेपाली माथि अन्याय भएको बताए ।

यस्तै सञ्चारकर्मी लामिछानेको समर्थनमा सुर्खेतमा पनि प्रदर्शन भएको छ । दोषीलाई कारबाही गरिनुपर्ने भन्दै निर्दोष लामिछानेलाई रिहाईको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

वीरेन्द्रनगरको मंगलगडी चोकबाट शान्तीपूर्ण र्याली निकाल्दै वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारामा कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रमामा बोल्दै प्रदर्शनको नेतृत्व गर्नुभएका दिनेश घर्र्तीले सुनियोजित ढङ्गले लामिछानेलाई फसाउन खोजीएको बताउदै सत्य तथ्य छानबिन नभए आन्दोलनलाई सरकारले थेग्न नसक्ने चेतावनी दिए । उनले आन्दोेनल कोही व्यक्तिसँग नभई न्यायको लागि भएको बताए । न्याय नपाएसम्म निरन्तरुपमा आन्दोलन जारी रहने उनको भनाइ छ ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्