आज मध्य र पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, भदौँ ६

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ । बाँकी स्थानमा औसत स्थानको आसपासमा रहेको महाशाखाको भनाइ छ ।

हाल देशको मध्य र पूर्वी भागका अधिकांस भाग र पश्चिमका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज ९शुक्रबार० पनि केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो पूर्वी, मध्य र पश्चिमी भागमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा राति धेरैजसो स्थानमा वदली रही मध्य, पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना छ । मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्