विराटनगर महानगरपालिकामा आज सार्वजनिक बिदा


 


विराटनगर, भदौँ ६

विराटनगर महानगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा महानगरपालिकाले शुक्रबार बिदा दिएको हो । विराटनगरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोली पल्ट रथयात्रा निकाल्ने प्रचलन छ ।

रथयात्रामा सार्वजनिक विदा दिदै आएको महानगरले रथयात्रा शनिबार परेका कारण शुक्रबार नै सार्वजनिक विदा दिएको हो ।महानगरपालिले बिहीबार जारी गरेको सार्बजनिक सूचनामा महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, अन्तर्गतका कार्यालय तथा नगर क्षेत्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने उल्लेख छ ।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्