निखित उप्रेतीले भने – रविको लागि सबै एकजुट हौँ


 


काठमाडाैं । कलकार निखित उप्रेतीले राजनीतिक पार्टी र सरकारप्रति आक्रोश पोखेका छन् । शनिबार राजधानीमा आयोति कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टी र सरकारप्रति आक्रोश पोखेका हुन् ।

सत्य र न्यायकाे पक्षामा बाेल्नेहरूकाे अवस्था सञ्चारकर्मी रवि लामिछानेकाे जस्तै हुने बताए । उनले प्रश्न गरे- ‘आज हामी सबैले राजनीति पर्टीकाे झन्डा ओढ्न जरुरी छ र ? राजनीति पर्टीकाे झन्डा ओढेको मान्छेले बोलेको मान्त्रै सही हुन्छ ? र सही सावित गर्नलाई एउटा न एउटा राजनीतिक पार्टीको झन्डा ओढ्नै पर्छ ? विशुद्ध नेपालको झन्डामुनि बसेका कसैले सत्य बोल्न खोज्यो भने कुरा रविजीको मात्रै होइन तपाईँकाे पनि यहीँ अवस्था हुन सक्छ ।’

हामीले भाेट दिएर सत्तामा पुर्याएका व्यक्तिले नै हामीलाई धोका दिइरहको पनि बताए । उनले भने, ‘जसलाई हामीले भाेट दिएर सबैभन्दा माथिल्लो तहमा पुर्याएका छौँ, ठूलो सपना देखेर ठूलाे मान्छे बनाएका छौँ, उनीहरूले नै हामीलाई धोका दिइरहेका छन् ।’

उनले हामी बाठाे हुन मात्रै खाेजेरकाे तर मेहनति र सच्चा बन्न कहिल्यै पनि नखाेजेकाे बतए । ‘यो देशमा हामी पनि बाठो हुनुपर्छ भनेर आफ्नो बच्चाहरूलाई, आफूभन्दा जुनियरहरूलाई सबैले भन्छन् बाठो हुनुपर्छ, सबै व्यक्ति बाठाे हुन सक्छ ? बाठो व्यक्ति हुन प्रत्येक हाम्रो कर्तव्य होइन र ?, उनले भने, ‘मलाई जहाँसम्म लाग्छ बाठोको अर्थ अरूलाई लाटो बनाउने कोसिस गर्नु होइन ।’

बाठो बनेकै आधारमा हामीले चुने पनि शक्ति केन्द्रित भएर मान्छे आफू शक्तिशाली हुँदै जाने समेत बताए । ‘जब शक्ति केन्द्रित भएर मान्छे शक्तिशाली हुँदै जान्छन्, तब एक किसीमको नशामा डुब्दै जान्छ, नशाको आफ्नै प्रकृया छ, कति नशाहरू पिएर लाग्छ, कति नशा यस्तो हुन्छ कि त्यो ठाउँमा पुगेर बसेपछि नशाले तृप्त हुन्छ ।’ उनले भने,’सबै किसिमको नशामा एउटै रूप देखिन्छ, अर्को व्यक्ति पावरफुल भएकाे देख्न सकिँदैन, यो राजनीति परिपार्टीले ल्याइएको अहिलेको अवस्था हो ।’

उनले यहाँ ध्रुवसत्य भन्ने चिज नै नभएकाे पनि बताए । ‘यहाँ ध्रुवसत्यको कुरा गर्‍यौ भने एउटा पार्टीले भन्दिन्छ कुन चाहिँ ध्रुवको कुरा गनुभयो, यदि कमरेड ध्रुवको कुरा गर्नुभयो भने हामी मान्छौँ नत्र कुरा नराख्नुहोस्, अब ध्रुवसत्यलाई पनि पार्टीगत रूपमा लग्यौँ भने मात्रै त्यो सत्य हुन्छ’, उनले भने ।

राज्य नै राजनीतिक पार्टीभित्रकाे डर र त्रस चलिरहेकाे पनि बताए । उनले भने, ‘एउटा राजनीतिक दललाई मात्रै भन्दिन, यहाँ कुनै पनि सत्य निष्ठावन व्यक्ति र सहि पक्षमा मिडियामा काम गरेको मान्छेले न्यायको पहल गर्छ भने त्यसलाई कसरी खतमा पार्ने भनेर अर्का शक्ति लाग्छ ।’

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्