रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतीघरमा पनि प्रदर्शन


 


काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका न्यूज २४ टेलिभिजनका सीधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको थपिएको म्याद भोलि सकिंदैछ ।

दोश्रो पटक थपिएको म्याद भोलि आइतबार सकिनै लाग्दा मुलुकभर उनीहरुको रिहाईको माग गर्दै प्रदर्शन जारी छ । समर्थकहरूले लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार देशका विभिन्न ठाउँहरूमा प्रदर्शन गरिरहेका छन् । यस्तै राजधानीको माइतीघरमा पनि प्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलामा लामिछानेका हजारौँ समर्थकहरू जम्मा भई रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्र विरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो । समर्थकहरूहरुले प्रदर्शनको क्रममा रवि लामिछानेसहित पक्राउ परेका पत्रकार युवराज कँडेल र अस्मिता कार्की निर्दोष रहेको भन्दै नाराबाजी गरेका छन् ।

यस्तै घटनामा निश्पक्ष छानबिनमाथि शंका उत्पन्न भएको भन्दै लामिछानेका समर्थकहरुले काठमाडौं उपत्यका, चितवन, बाराको पथलैया र सिमरामा लगायतका ठाउँहरुमा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्