भाजपाका वरिष्ठ नेताको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज ट्वीटमार्फत उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै सांसद तथा पूर्वअर्थमन्त्री जेटलीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

उहाँले ट्वीटमा भारतीय जनता, सरकार र शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्तसमेत गर्नुभएको छ । जेट्लीको ६७ वर्षको उमेरमा गएराति निधन भएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले नेपाली काङ्ग्रेसका नेता रमेश लेखकको पिता डा प्रयागदत्त लेखकको निधनको समाचारबाट दुःख लागेको बताउनुभएको छ । आज ट्वीट गर्दै उहाँले नेता लेखक र समग्र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत बुबाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

लेखकका बुबाको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्