पत्रकार पुडासैनी आत्महत्या प्रकरण : ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा


 


काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्दै आएका पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

महानगरीय प्रहरी परिसर टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नं.११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो ।

पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाण्पत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोहबरमा बसेका वडाध्यक्ष अधिकारीले बताए । आजको नागरिक दैनिकमा दिलीप पौडेलले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्