‘माग्ने बुढा’ भन्छन -रबि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो !


 


हास्य कलाकार केदार प्रसाद घिमिरे माग्ने बुडा शालिकराम पुडासैनी आत्महत्या प्रकरण मा पक्राउ परेका रबि लामिछानेको पक्ष्य मा उभिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका छन् ।उनले फेसबुक स्टेटसमा लेखेका छन्,‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्झाइरहने अवस्था देखिएकोले रवि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो । (सालिक राम पुडासैनी परिवार पनि न्याय पाउनुपर्छ ) मातृभूति, आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ ।गाली र गाली दुवै स्वीकार्य छ । (नोट : कसैको नून खाएको छैन) । उता पत्रकार रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रा*रम्भिक न्याय दिनेछ ।

यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या*यका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृ*दय देखि आभार ब्यक्त गर्दछु ।हेर्नुहोस स्टाटस जस्ताको तस्तै- प्रहरीको अ*नुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै म*रेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रा*रम्भिक न्या*य दिनेछ । यो १० दिनको दौ*रानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या*यका निम्ति आवाज उठाउँदै साथ सहयोग र स*मर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने“ We are for TRUTH; We are for JUSTICE”

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्