ओली सरकारले बनायो नयाँ रेकर्ड, इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक
काठमाडौँ, भदौ ९
नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक संजाल ट्विटमा भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिदै भनेका छन, ‘ सिंगापुरदेखि काठमाडौंस् पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’
प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।
प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार