गगनको प्रश्नः प्रधानमन्त्री झुट बोलेको कि मन्त्री?



काठमाडौं, १३ भदाै

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीको कुरा बाँझिएको भन्दै को झुट भनेर प्रश्न गरेका छन्।

बिहीबार संसदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका थिए। उनले ‘भिडियो कन्फ्रेन्समा सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग हाईहेलो भएको बताएका प्रधानमन्त्रीले हेलो भनेको, हामीले नमस्कार गर्यौं, उहाँले फर्काउनुभयो। एजेण्डामा छलफल भएको छैन, निर्णय भएको छैन। यो मन्त्रिपरिषद बैठक होइन। भिडियोमार्फत मन्त्रिपरिषदका सदस्य भेला मात्रै भएका हौं’ भनेका थिए।

तर भिडियो कन्फ्रेन्स भएकै दिन प्रधानमन्त्री ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले पहिलोपटक मन्त्रिपरिषद बैठक भिडियो कन्फ्रेन्समार्फत सफलतापूर्वक सम्पन्न भएको जानकारी ट्वीटरमार्फत दिएका थिए।

यसरी प्रधानमन्त्री र सरकारका प्रवक्ताको कुरा बाझिएपछि कांग्रेस नेता थापाले ट्वीटरमार्फत दुइ जनामा झुटा को होला भनेर प्रश्न गरेका हुन्। उनले प्रधानमन्त्रीको ट्वीट शेयर गर्दै लेखेका छन्, ‘डियर प्रधानमन्त्री केपी ओलीजी प्रवक्ता गोकुल बाँस्कोटा जी त मन्त्रिपरिषदको बैठक नै होइन भन्नु हुन्छ त। झुट बोले कौवा काटे। दुई जनामा झुटा चाहीँ को होला?’

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News