सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन


 


काठमाडौं, भदौ १५
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने पाँचौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा मध्यमस्तरका अधिकृतको नेतृत्व क्षमता विकास गरी नेतृत्वदायी भूमिका तथा सुरक्षा चुनौतीलाई विश्लेषण गरेर अगाडी बढ्न यो कोर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले मुलुकले चाहे जस्तो अधिकृत उत्पादन गर्न यो कोर्षले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । संगठनलाई प्राप्त जिम्मेवारी पूरा गर्न एपीएफ अधिकृतहरुलाई यस कोर्षले थप ज्ञान प्रदान गर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा यस किसिमको कोर्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली को अभियानलाई सफल तुल्याउन हामी सवैले आ–आफ्नो तहबाट योगदान पु¥याउनु पर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सहभागि अधिकृतहरुले प्रशिक्षणको दौरानमा आर्जन गरेको ज्ञानलाई आपूm मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका मानवीकी तथा सामाजिक शास्त्र संकायका सहायकडिन डां गोपाल धौवञ्जरले यस्ता कोर्षले सहभागी अधिकृतहरुलाई व्यावसायीक ज्ञान अभिबृद्धि गर्न सघाउ पु¥याउने बताउनुभयो ।
उहाँले यस्ता कोर्षले सीमा सुरक्षा, औद्योगिक सुरक्षा लगायतका विभिन्न क्षेत्रहरुमा ज्ञानमा अभिबृद्धि गर्न मद्दत पुग्ने तथा सुरक्षा चुनौतीलाई
सामना गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविधि विषयहरु उक्त एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।
उक्त कोर्ष एक वर्ष ६ महिना अवधिको रहेको छ । सो कोर्षमा सशस्त्र प्रहरी बल, नेपालबाट १९ जना तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक जना सहभागी रहेका छन् ।

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्