प्रवासको दु:ख


 


दीपक भोजपुरे

deepak“जिबन को शुरुवात अनि जिवन्त´´ एक अलौकिक शक्ति हो । न कसैले चाहेर हेरफेर गर्न सक्छ यहि जिवनको क्षणिक समय मा मानिसलाई हरेक उतार-चडाब आइपर्छन । अनेकौ सपना देखिन्छन कुनै सपना पूरा हुन्छन त कुनै जिबन्तसम्म पनि सपनामै सिमित हुन्छ्न । म यहाँ भबिश्यको सुनौलो सपना बोकेर बाध्यताको सिडि चड्दै आफन्त परिवार अनि आफ्नो मातृभुमी छोडेर बिदेश पलायन हुने युवा शक्तीलाई केन्दृत गर्न लाग्दै छु जुन आफुले देखेको र भोगेको वास्तविक कुराहरु लेख्दै छु । अरबियन देश, मरुभुमी स्वरुप बालुवाको खानी अनि ४५-४६ डिग्रीको तातो घाम । यहि गर्मी सगै भबिश्यको गोरेटो पहिल्याउदै गर्नुपर्ने दैनिकी । बिहान सबेरै उठ्नु पर्ने अनि तोकिएको समय भन्दा दुई मिनेट ढिलो भयो भने गाडिले छोडेर जान्छ । यदि ढिलो भैयो भने त्यो दिनको तलब र अर्को दिनको तलब जरिवाना सहित काट्ने चलन हुन्छ । भोलि दिउसोको लागि पनि बेलुकै खानाको बन्दोबस्त गर्नुपर्छ । डिउटीको समयमा न चिसो पानी पिउन पाइन्छ न मीठो ताजा खाना खान नै । लाग्छ यो त कुनै कारागार भन्दा कम छैन  । ज्यानको बाजि लगाएर एउटा सेप्टी डोरि को भरमा ५५ / ६० तलाको बिल्डिङमा काम गर्दा पनि कहिले सुपरभाइजर को गाली त कहिले म्यानजर को गाली गर्दै काम गर्दा महिना भरिको पसिनाको फल पाउने भनेको मजदुरहरुले सरदर एक हजारदेखि ११ सय रियाल मात्र हो । साबुन मन्जन तेल र खाना खर्च अनि फोन खर्च कटाएर बचाउने त मात्र सात आठ सय हो ।  नेपाली १८ देखि २० हजार त्यो पनि चुरोट बिडि तथा तास जुवा र रक्सी नखानेहरुले मात्र । त्यसैले मेरो ७ बर्षको बिदेशी अनुभबको आधारमा भन्नुपर्दा हामी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु बिदेश आएर ठुला ठुला महल बनाउछु भन्ने सपना नदेखौ । नेपाल बसेर देखेको जस्तो सजिलो छैन बिदेश । नेपालमै केही गरौ । यदि बिदेश नै लाग्नुपर्ने अबस्था आयो भने केही सीप सिकेर मात्र बिदेशको सपना देखौं ।

भोजपुर

हाल – दुबइ

प्रकाशित मिति: १६ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्