मेनपावरहरू ‘मर्ज’ हुँदै


 


काठमांडौ १६ भदौ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीहरुलाई एकआपसमा गाभिन(मर्ज) गर्ने निर्देशन दिएसँगै मेनपावर व्यवसायीहरु यसको कार्यान्वयनमा जुटेका छन् ।
आइतबारसम्म दुई सय ६६ वटा मेनपावर मर्जनर प्रक्रियामा जानको लागि वैदेशिक रोजगार विभागमा व्यवसायीहरुले निवेदन दिएका छन् ।

विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार ९८ वटा मेनपावर ‘मर्ज’ हुनका लागि दुई सय ६६ वटा मेनपावर ‘मर्जर’ प्रक्रियामा जान चाहेका छन् ।

पाँच सय ७६ वटा मेनपावरले बैंक ग्यारेन्टी राखेको विभागले जनाएको छ भने नगद राख्नेमा पाँच सय ३३ वटा मेनपावर रहेका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्