सिंगापुरमा प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल जाँदै



काठमाडौं, भदौ १६
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् ।

दुबै नेता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भोलि १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News