विप्लवका दुई नेता नेकपामा


 


झापा, १६ भदौ
नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

‘विप्लव’ नेतृत्व नेकपाका जिल्ला सचिवालय सदस्य झापा गाउँपालिका २ बस्ने चमनलाल माझी (चमारु) र जिल्ला सदस्य झापा गाउँपालिका ३ बस्ने श्याम कुमार मैनाली (कुमार) जिल्ला प्रशासन कार्यालय झापामा धरौटी बुझाएर रिहा भएसँगै दुवैजना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

विप्लवका कार्यकर्ता माझी र मैनालीलाई प्रहरीले असार २९ गते झापाबाट पक्राउ गरेका थिए। पक्राउ परेका माझीले ७५ हजार र मैनालीले ३० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

एक विज्ञप्ति प्रकाशन गर्दै विप्लव पार्टी परित्याग गरेका माझी र मैनालीलाई संविधानसभा सदस्य तथा नेकपाका जिल्ला पार्टी कार्यालयका सदस्य मोहन टुडु र जिल्ला सदस्य नरेश सन्जेलले अबिर लगाएर नेकपामा स्वागत गरेका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्