राष्ट्रपति सी का लागि आवश्यक तयारी सुरू


 


काठमांडाै १८ भदाै
सरकारले चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई लक्षित गर्दै उनको स्वागतका लागि आवश्यक तयारी सुरु गरेको छ । राष्ट्रपति सी जिनपिङ अक्टोबर ११ बाट सुरु हुने पाँच दिने भारत भ्रमणका बेला काठमाडौँ आउने अपेक्षा गरिएको छ ।
चिनीयाँ राष्ट्रपतिको भ्रमण विवरण सार्वजनिक गर्न सम्बन्धित सरकारी अधिकारीहरुले अस्वीकार गरेका छन् । तर उच्च सरकारी श्रोतले भने राष्ट्रपति सिको नेपाल बसाइका लागि आवश्यक तयारी भइरहेको जानाएको छ ।

राष्ट्रपति सी भारत भ्रमण गर्नुपहिले वा भारतबाट फर्कने क्रममा केही समय काठमाडौँ आउन सक्ने अपेक्षा गरिएको छ । उच्च स्रोतका अनुसार नेपाली सुरक्षा निकायले राष्ट्रपति सीको सम्भावित भ्रमणलाई लक्षित गर्दै विशेष सुरक्षा व्यवस्थाको तयारी पनि थालेको छ ।

नेपालको सुरक्षाअवस्थाबारे जानकारी लिन चिनीयाँ सुरक्षा निकायको टोली समेत हालै नेपाल आएर फर्किसकेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्