चार थान पेस्तोलसहित तीनजना पक्राउ


 


काठमाडौँ, १९ भदौ ।
कैलालीमा चार थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कैलाली प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले एक पेस्तोल, एक सिक्सर, दुईवटा कटुवा र केही गहनासहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार अनुसन्धानमै रहेकाले अहिले न सबै कुरा भन्न मिल्दैन ।

पेस्तोलसँगै केही मात्रामा गोली समेत बरामद भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा एक घरबाट चार थान पेस्तोल, सुनका गहनासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट राष्ट्र बैंकका नक्कली कागजात, तमसुक र केही सुनका गहना समेत बरामद गरिएको बताइएको छ । उनीहरु तीनै जना अर्काको घरमा भाडामा बस्दै आएका थिए ।

प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट तीन सय करोडको एउटा र अन्य चेकसमेत बरामद भएको छ । उनीहरुको साथबाट करोडौंको कारोबार भएको कागज बरामद भए पनि सक्कली हो कि नक्कली भन्ने खुल्न बाँकी छ ।

सकेसम्म आजै साँझ पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिने र सबै जानकारी दिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्