अध्यक्ष प्रचण्डलाई भेट्दा चिनियाँ विदेशमन्त्री दंग, के भयो कुराकानी? (फाेटाे फिचर)


 


काठमाडौं, भदौ २४

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । मंगलबार विहान नक्सालस्थित होटल मेरिनामा भएको भेटमा द्विपक्षीय सम्बन्ध, नेपालमा सञ्चालित चिनियाँ परियोजना, बिआरआई र चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमण छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

विदेशमन्त्री वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको अध्यक्ष प्रचण्डले भेटपछि जानकारी गराए । नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारकाबीचमा विगतमा भएको सहकार्य र सहयोगलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको र छिट्टै नेपाल भ्रमणमा आउने संकेत पाएको बताए। भेट सकारात्मक र उत्साहप्रद रहेको भन्दै प्रचण्डले यसबाट दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने धारणा राखे । कम्युनिस्ट र माओवाद आन्दोलनका कमाण्डर भएर होला प्रचण्डसँग भेट्दा विदेशमन्त्री वाङ पनि प्रफुल्लित थिए ।

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्