नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप


 


काठमांडौ २५ भदौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ ।

मंगलबार बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको र जिल्ला जिल्लामा हुनुपर्ने सपथ ग्रहणलाई एकै ठाउँमा गराउन लागेको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले स्थगित गराउन चेतावनी दिँदै आएका थियो । तर असन्तुष्टहरुका चेतावनीका बीच सपथ ग्रहण समारोहलाई यथावत राखेपछि अवरोध गर्ने र सपथ ग्रहण गर्ने पक्षबीच झडप भएको हो ।
त्यस क्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास समेत भएको नेकपाका कार्यकर्ता राधे महतोले जानकारी दिनुभयो । झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएको जनाइएको छ ।
प्रहरीले लाठीचार्ज गर्दै स्थितिलाई नियन्त्रणमा लिएका थिए । नेकपाका असन्तुष्ट नेता कार्यकर्ताले भने कार्यक्रम स्थगित गर्न भन्दै घेराबन्दी यथावत राखेका थिए

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्