गाउँपालिका अध्यक्ष चित्रबहादुर केसीको गाडीमा आगजनी



सल्यान, भदौ २९
सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

गाउँपालिकाको कार्यालयमै राखिएको टाटा कम्पनीको रा १ झ १०१७ नम्बरको गाडीमा राति करिब साढे ११ बजेको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले गाडीमा आगजनी कसले ग¥यो भन्नेबारे खुल्न नसकेको बताए ।

गाउँपालिकाकाले सो डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार रुपैयाँमा खरिद गरेको थियो । गाउँपालिकाका अध्यक्ष चित्रबहादुर केसीले यसअघि कहीँ कतैबाट डर धम्कीसमेत नआएकाले गाडी कसले जलाएको हो भनेर आशंका गर्न सकिने ठाउँ पनि नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News