सप्तरीमा छुट्टाछुट्टै अपराध गर्ने पक्राउ



सप्तरी ३० भदौ
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १६ प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ ।

निजको साथबाट ३०\३० एम्पुल बुप्रेनोरफिन, फेनारगन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

साथै सप्तरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीले बलात्कारको उजुरी दर्ता गरेको छ । पीडितसँगै जिल्ला प्रहरी कार्यालय आउनुभएकी पीडितकी दिदीले बलात्कार गर्ने आरोपित छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय चन्दन सदाविरुद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।

घरका अभिभावक तीर्थ गर्न भारतको झारखण्डस्थित वैद्यनाथ धाम गएको मौका छोपी सुतिरहेका बेला बाँसले बेरेको टाँटी उप्काएर घरभित्र प्रवेश गरेका आरोपितले गत बुधबार राति साडीले मुख बाँधेर बलात्कार गरेको पीडितले बताए । पीडितकी दिदीले आरोपित भाग्ने क्रममा उनको साँचो छुटेको र प्रमाणस्वरुप प्रहरीलाई बुझाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News