जीवन रक्षाको लागि अपिल


 


काठ्माण्डौ, साउन ७

तिर्सना अपिल गर्छिन् “ढिलो ..चाडो.. मर्नु त छदैछ, तर मर्नुभन्दा अगाडि धेरै कार्य गर्नू छ । मैले गर्नु पर्ने धेरै कामहरु बाँकी नै छन् । म यति चाडै संसार छोडेर जान विल्कुलै चाहान्न । मेरो परिवार, गाउँघर र समाजको लागि धेरै कामहरु गर्नु छ । तपाईहरुका सहयोग पाए भने बाच्छु, नपाए विदा हुन्छु । प्लिज, मलाई बचाउनुस । मेरो जीवन तपाईको हातमा छ ।”

2
छेस्काम–७ सोलुखुम्बुकी तिर्सना किराँती Bone marrow सम्वन्धि Acute Myeloid Leukemia(Blood Cancer) भएको Civil Service Hospital of Kathmandu ले प्रमाणित गरेको छ । उनको उपचारको लागि करोडौ रुपैयाँ लाग्ने भएपछि उनले सम्पूर्ण सहयोगी मनहरुमा यस्तो अपिल गरेकी हुन् । Bone marrow transplant गर्दा परिवारकोसंग मिलेमा करिव रु ६० लाख र नमिलेमा करिव रु १ करोड लाग्ने नेपालका बोनम्यारो सम्वन्धि विशिषज्ञ डा. विशेष पौड्यालले जानकारी दिएका दिए । सक्दो चाडो उपचार गर्नुपर्ने भएकोले थप उपचारको लागि विरामीलाई बिहिबार भारतको AIMS hospital पठाईएको छ ।

अहिले तिर्सना बचाऔ अयिभान मूल समिति काठमाण्डौमा गठन गरी विभिन्न जिल्ला, गाविसमा उपसमिति मार्फत सहयोग संकलन कार्य गरिरहेका छन् । त्यस्तै दक्षिण कोरिया, जापान, जर्मन, अष्ट्रेलिया, यूके, मलेसिया, कतार, कुवेत, बहराईन, साउदी अरेविया र अमेरिका लगायतमा पनि उपसमिति तथा विभिन्न प्रतिनिधि मार्फत सहयोग संकलन कार्य शुरु भईसकेको मूल समिति संयोजक जोकराज कुलुङले जानकारी दिए ।

संकलित सहयोग रकमका पारदर्शी र दुरुपयोग नहुनको लागि समितिले नेपाल ईन्भेष्टमेन्ट बैङक शाखा धुम्बाराहीमा खाता नम्बर ०२९०५०३०२७८०१० मा अनिता, ईन्द्र, जनक नामको संयुक्त चल्ती खाता खोलेको र सहयोग जम्मा गर्न सकिने संयोजक कुलुङले बताए । सामाजिक सञ्जाल फेसबुक मार्फत सामान्य सूचना राखेकै भरमा ७० हजार रुपैया भन्दा बढी रकम समितिको खातामा जम्मा भईसकेको समेत संयोजक कुलङले जानकारी दिए । ‘विभिन्न देशहरुमा हाम्रा प्रतिनिधिरु मार्फत सहयोग संकलन धमाधम भईरहेको छ,’ कुलुङले भने ‘सम्पुर्णमा आफुले सकेको सहयोग गरेर तिर्सनाको जीवन बचाउन अनुरोध गर्दछौँ ।’ सहयोग संकलन हुन थालेपछि बिरामीका मनोबल बढिरहेको तिर्सना बचाऔँ अभियान समितिका आर्थिक विभाग प्रमुख बिवेक कुलुङले बताए ।

को हुन त तिर्सना ?

1

सोलुखुम्बु जिल्लाको कर्णालीको उपमा पाएको छेस्काम गाविसमा गरिव परिवारमा जन्मिएकी छोरी हुन, तिर्सना । १० बर्षकै उमेरमा आफ्नो बाबा गुमाएकी, परिवारका सन्तानको रुपमा जेठी हुन । मावि स्तरसम्मको पढाईमा अव्वल तिर्सना कक्षामा जहिल्यै पनि प्रथम हुन्थिन् । गाउँ समाजमा मेहनती र ईमान्दारी भनेर चिनिएकी तिर्सना सानैमा डाक्टर भई विरामीको उपचार गर्ने बताउथिन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले २०६४ सालको एस एलसीको परिक्षा पछि Scholarship मा जिल्ला प्राविधिक शिक्षालय फाप्लुबाट १५ महिने अनमी कोर्ष पुरा गरी २ बर्ष सम्म छेस्काम उपस्वास्थ्य चौकीमा कार्यरत समेत रहिन । तिर्सना भन्छिन् ‘त्यसपछि खर्च गर्न सक्ने भए नर्सिङ कोर्ष पुरा गर्ने थिएँ, अनि मेरो पुरा जीवन विरामीको सेवामा विताउँथे ।’ तर खर्च अभावको कारण तिर्सना पढाईमा भन्दा घरायसी व्यवाहारमा फस्दै गईन । बाध्यताको जागिरमा लाग्ने क्रममा USAID को सहयोगमा स्थानीय सामाजिक संस्था योङस्टार क्लव मार्फत सुआहारा कार्यक्रममा फिल्ड सुपर भाईजरको रुपमा समेत कार्यरत रहिन् ।

घरायसी समस्या र जागिरसंगै तिर्सनाले शिक्षा संकाय तर्फ स्नातक तेस्रो बर्षको पनि परिक्षा दिई परिक्षा फल कुरेर बसिरहेकी छिन् । लोक सेवाले लिने गत बर्षको अनमी परिक्षामा अञ्चल कार्यालय दिक्तेलबाट बैकल्पिक १ मा समेत परिन् । यस बर्ष अझ मेहनत गरी जागिर खाने साँेचमा रहेकी तिर्सनालाई अचानक यस्तो रोग लागेको हो ।

तिर्सनालाई बचाउनको लागि लाग्ने करोड रुपैयाँ झण्डै ३ करोड नेपालीहरु मध्य एक तिहाईले मात्रै सहयोग गरेपनि पुग्दो हुन आउछ । नेपाली चेली तिर्सनालाई सहयोग गरौ, एउटा निभ्न लागेको दियो जसरी धेरै हत्केला मार्फत बचाउन सकिन्छ, ठीक त्यसरी नै तिर्सनालाई पनि बचाउन सकिन्छ । आउनुहोस तिर्सना बचाऔ महाअभियानमा जोडिएर अगाडि बढौँ ।

प्रकाशित मिति: ७ श्रावण २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्