ओली र प्रचण्डको प्रस्ताव वामदेवद्वारा अस्वीकार, रवीन्द्रलाई सम्मान गर्दै लिए यस्तो निर्णय, नेकपामा खुसियाली


 


काठमाडौं, असाेज ४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार गरेका छन्।

आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

कास्कीबाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र अहिले खाली छ। त्यहाँ आउँदा मंसिर १४ गते उपनिर्वाचित हुँदैछ। यसलाई मध्यनजर गर्दै अध्यक्षद्वयसहित नेताहरुले वामदेवलाई उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

तर, गौतमले प्रस्ताव अस्वीकार गर्दै उम्मेदवारी नदिने जानकारी गराएका छन्। ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन्, ‘तर मैले उम्मेदवारी नदिने स्पष्ट पार्न चाहन्छु।’

गौतमले यसअघि २०७४ को निर्वाचनमा बर्दियामा चुनाव हारेको स्मरण गर्दै भनेका छन्, ‘उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’

उनले कास्कीमा आफू उपयुक्त उम्मेदवार नभएको पनि टिप्पणी गरेका छन्। ‘म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ’, गौतमले भनेका छन्, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ। यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु।’

वामदेवका सल्लाहकार विश्वमणी सुवेदीले यसबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्