जेसीबीको ठक्करबाट एक बालकको मृत्यु


 


दोलखा, असोज ५
दोखलामा जेसीबीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ८ चिलंखामा बाटो मर्मत गर्नेक्रममा जेसीबीको ठक्करबाट बालकको मृत्यु भएको हो ।

जसीबीको ठक्करबाट गाउँपालिकाको वडा नम्बर ५ का सोही ठाउँमा रोजन खड्काको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेह वोहराले जानकारी दिए ।

बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको छ भने ठक्कर दिने जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्