मन्त्रीसंगको खटपटले मेलम्ची आयोजनाका प्रमुखको सरुवा
काठमाडौं, असोज ६
मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुखको सरुवा भएको छ । खानेपानी मन्त्री बिना मगरसंग खटपट भएपछि समितिका प्रमुख सुर्य कँडेलको सरुवा गरिएको बुझिएको छ ।
उनलाई अहिले मन्त्रालय तानिएको छ । सरुवा गरिएका कँडेलले पनि मन्त्रीसंग कुरा नमिल्दा नै आफूलाई मन्त्रालय तानिएको आशय व्यक्त गरेका छन् ।
उनको ठाउँमा मेलम्ची खानेपानीको पाइप विच्छ्याउने जिम्मेवारी पाएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख रितेशप्रसाद खत्रीलाई खटाइएको छ । खत्रीले आइतबार नै कार्यभार सम्हालीसकेका छन् ।