‘नागरिक सहायता कक्ष’ शुरु



काठमाडौँ, ७ असोज

सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ ।

काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । आजबाट कलङ्की र बल्खुमा कक्ष शुरु भएको छ ।

बुधबारबाट थप १४ स्थानमा कक्ष शुरु गर्ने योजना रहेको विभागले जनाएको छ । यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए । उनले भने,“धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।”


यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए । नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News