काठमाडौंमा पेस्तोल सहित ४ जना प्रक्राउ, को-को छन् ?



काठमाण्डौ, असोज ८
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीटोलीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही आज बिहान साढे ११ बजे काठममाण्डौ महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट उनिहरुलाई प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेहरुमा बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको छ ।

उनिहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News