तुम्लिङ्टार–भोजपुर पक्की पुल निर्माणमा दुई ठेक्का


 


संखुवासभा, साउन १३

चालु ठेक्का सम्झौताअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकी लथालिङ्ग अवस्थामा रहेको तुम्लिङ्टार–भोजपुर जोड्ने अरूण नदीको पक्की पुल निर्माणका लागि एकैठाउँ २ वटा फरक–फरक प्याकेजका कन्ट्याक्टरमार्फत काम गरिने भएको छ । त्यहाँ ठेक्का लागिसकेको निर्माण कम्पनी र नयाँ ठेक्का लिने अर्को निर्माण कम्पनीले एकै ठाउँ काम गर्नेछन् ।

स्वच्छन्द निर्माण सेवाले जिम्मा लिएको पहिलो ठेक्का तोकिएको समयावधिभित्र काम पुरा हुन सकेन, त्यो निर्माण कम्पनीले आगामी असारसम्मका लागि १ बर्षको म्याद थप गरेको छ । त्यही स्थानमा थप नयाँ कामका लागि नयाँ प्याकेजको ठेक्का खुलाईने भएको हो । पुलको लम्बाई बढाउँनु पर्ने ठहर गरेर तुम्लिङटारतर्फको भागमा नयाँ प्याकेजको ठेक्का खोलिएको छ ।

३ बर्षभित्र निर्माण कार्य पुरा गर्ने सर्तमा करिब १३ करोड रूपैयाको लागतमा ठेक्का सम्झौताभएको स्वच्छन्द निर्माण सेवा कम्पन्ीको काम आ.ब.२०६७/६८ बाट सुरू भएको हो । हालसम्म २५ प्रतिशत काम पुरा भएको रिपोर्ट तयार पारिएको छ, बाँकी काम हुन सकेको छैन ।

भिजन सडक कार्यालय तुम्लिङ्टारका प्रमुख कृष्णनाथ ओझाले भने, ‘अब बर्षाद सकिएपछि बाढी घट्छ अनि काम हुन्छ, पुरानो ठेक्काको निरन्तर जारी रहनेछ ।’ चालु अवस्थामा रहेको ठेक्कामा फउण्डेसनको जगमा चट्टान आएको भनेर काम थाँती राखिएको हो ।

फाउण्डेसनको गहिराईमा फेला परेको चट्टान फुटाएर बाहिर निकाल्न समस्या भएपछि त्यसलाई निकाल्ने प्रविधिको खोजी एकातिर र त्यो कस्तो प्रकृतिको चट्टान हो भन्ने पत्ता लगाउँने काम अर्कातिर हुँदाहुँदै काम घड्किएको देखिन्छ । चट्टानको आकार कस्तो खालको हो, फउण्डेसनको आधा भागमा चट्टान भो र आधा भागमा मात्र चट्टान फेला प¥र्योभने त्यहाँ समस्या हुन्छ भनिएको छ ।

‘जगमा आधा चट्टान आयोभने त्यसलाई फुटाएर फ्याक्नुपर्छ, यस्ता चट्टान फुटाउँनका लागि विभिन्न प्रविधि छन्, ठेकेदारले त्यो समस्या हल गर्नै नसक्ने पनि होइन, गर्नै नचाहेको पनि होइन, ठाउँ दुर्गम भएर धनकुटाबाट प्राविधिकहरू समयमा पुग्न नसकेको जस्ता समस्या देखाईएका छन्, ठेकेदारहरूले ४ वटा जिल्लामा काम गरिरहेको र जहाँ अवरोध आएर काम झण्झटिलो बन्छ त्यहाँ थप प्रयास गर्न समय खर्च नगरेको देखिन्छ ।’ डिभिजन प्रमुख ओझाले भने ।

‘डिभिजनले कन्ट्याक्टरलाई यो गर त्यो गर भन्न नमिल्ने, कन्ट्याक्टरले १ पटक प्रयास गरेको तर थप बल नगरेको र त्यस बिषयमा छानबिनका लागि बिभागमा पठाईएको अवस्था छ । त्यहाँ फेला परेको चट्टान, ढुङ्गा नभएर बोल्डर हो भन्ने ठहर लागेको छ । बोल्डर पनि ठुलो एकनासको नभएर ठाउँठाउँमा देखिन्छ ।

बोल्डर भनेको एउटा हातले समाउँन नसक्ने किसिमको ढुङ्गा हो । अहिले हेर्दा ठुला खालका २ वटा बोल्डर देखिएका छन्, त्यसलाई फुटाउँनु पर्छ कि पर्दैन भनेर विभागमा सोधिएको छ । समस्याको समाधान नगरी ठेक्का तोड्ने भन्ने कुरा पनि हुँदैन । समास्या जारी रहँदासम्म जति पटक ठेक्का खोलेपनि काम उस्तै हुन्छ ।

प्राविधिकहरूले कात्तिक महिनाभित्रमा बोल्डरको प्रकृति यस्तो छ र त्यो समस्याबाट यसरी अगाडि बढ्ने भनेर निक्र्यौल गर्नेछन् र त्यसपछि लगत्तै काम अगाडि बढ्नेछ ।’ उनले भने । ‘यो समस्या आएपछि विभागमा कमिटि गठन भएको छ । त्यही ठाउँमा थप भएको कामको ठेक्कामा खुल्ला प्रतिश्प्रधा हुन्छ, यसो गर्दा पुरानो काम गरिरहेको कन्ट्याक्टरले अको ठेक्का पार्न पनि सक्छ, अर्कैले पार्न पनि सक्छ ।

नयाँ ठेक्काको काम वारिपट्टी मात्र हुने भएकोले पुरानो ठेक्काको काममा अवरोध आईरहँदा पनि नयाँ ठेक्काको काम रोकिँदैन ।’
ठेकेदारले काम छोडेर १ सय ८० दिनसम्म सम्पर्कमा आएन भने त्यो काम लथालिङग छोडेको ठहर लाग्छ र ठेक्का तोड्न सकिन्छ । त्यो समयभित्र पनि सडक कार्यालयले उसलाई पटकपटक चिट्ठी लेखेर तताउँने काम गर्नुपर्छ, पत्रिकामा सूचना निकाल्नु पर्छ, अनिमात्र ठेक्का तोड्न सकिने प्रावधान छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचिमा राखेको फःमलाई मात्रै ठेक्का हाल्न नदिने हो । जहाँ काम हुँदैन र सम्बन्धित कार्यालयले यस्तो कन्ट्याक्टर कामका लागि योग्य भएन कारवाही गर भनेर पत्र पठाएपछि कालो सूचिमा राख्ने काम गरिन्छ । ठेक्का तोडिनु भनेको कालो सूचिमा पर्नु हो । १ पटक कालो सूचिमा परेको कन्ट्याक्टरले ३ बर्षसम्म देशभर कतैपनि काम गर्न पाउँदैन ।

प्रकाशित मिति: १३ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्