विप्लव समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद



फाइल तस्बीर

झापा, असोज १३
प्रहरीले झापाबाट विप्लव समूहले लुकाएर रोखको ूलो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको छ ।

आइतबार साँझ जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ बाट प्रहरीले विस्फोृटक पदार्थ बरामद गरेको हो । झापा प्रहरी र ईलाका प्रहरी बिर्तामोडले संयुक्त रुपमा विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ ।

प्रहरीले बम विस्फोटकमा प्रयोग हुने पदार्थलगायत बरामद गरेको जनाएको छ । प्रहरीले विस्फोटक पदार्थ बरामद भएको ठाउँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

जिल्लाबाट पक्राउ परेको विप्लव समूहका नेता कार्यकर्ताको बयानका आधारमा प्रहरी आइतबार साँझ अर्जुनधारमा खटिएको थियो ।

प्रहरीले केही समयअघि बम विस्फोटमा संलग्न विप्लव समूहका झाव जिल्ला ईन्चार्जसहित तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News