बामदेव निवासमा जब प्रधानमन्त्री पुगे…



काठमाडौं, असोज १४
सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली नेकपा नेता बामदेव गौतमको निवास भैसेपाटीमा एक्कासी पुगेपछि राजनीतिक माहोल तातेको छ ।

भैसेपाटीमा मन्त्री, मुख्यमन्त्रीहरुको सरकारी निवास शिलान्यास गरेर प्रधानमन्त्री ओली गौतम निवास पुगेका थिए । अचानक नेता गौतमको निवासमा प्रधानमन्त्री ओली पुग्नुलाई कतिपयले संयोग मात्र नभएको बताएका छन् ।

प्रधानमन्त्री ओली गौतम निवासको पुगेको तस्बिर पनि सामाजिक सञ्जालमा पोष्ट भएको छ । जसको पुष्टि बामदेव निकट पत्रकार एंव प्रेस संगठन नेपालका नेता विश्वमणी सुवेदीले गरेका छन् ।

उनले भनेका छन् प्रधानमन्त्री भैसेपाटीको एउटा कार्यक्रममा पुगेर फर्किने क्रममा वामदेव कमरेडको बाटो काटेर कसरी जानुु भन्दै उहाँ वामदेव कमरेडकहाँ अकस्मात् पुग्नुभयो । यो बाहेक कुरा केही होइन । तर, अर्थ लागाउने र राजनीतिक अर्थ खोज्ने साथीहरु, अरु केही पो हो कि भन्दै हुनुहुन्छ । कुरा चाहिँ यत्ति हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News