बरिष्ठ पत्रकार आचार्यको निधन




काठमाडौं, असोज १९
बरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ ।

कलेजो सम्बन्धी रोगबाट ग्रसित आचार्यको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाश पाएका आचार्य हाल न्युज २४ टेलिभिजनको समाचार प्रमुखमा कार्यरत थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने नेपाल पत्रकार महासंघ न्युज २४ शाखाका अध्यक्ष प्रदिपराज दाहालले बताए । आचार्यका श्रीमती र एक छोरी छन् ।

पत्रकारिता अध्यापन, लेखनमा क्रियाशिल आचार्यको ‘चिन्तन मनन्’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News