आज महानवमी हर्षोल्लासका साथ मनाइँदै




काठमाडौं, असोज २०
आज बडादशैंको नवौं दिन अर्थात महानवमी हर्षोल्लासाथका साथ मनाइँदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी आज दुर्गा भवानीको पूजा गरेर हर्षोल्लासका साथ मनाइँदैछ ।

महानवमीका दिन गरिने दुर्गा पूजालगायतका कायृ गरि घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठहरुमा लगेर चढाइन्छ । दशैघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना गर्ने गरिन्छ ।संगै सप्तसी एवं देवी स्तोत्र पाठ पनि गरिन्छ ।

पशुबलि नदिनेहरुले आज कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि चढाउने गर्छन् । अधिकांश ठाउँमा महाअष्ठमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई बध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

कतिपय शक्तिपीठहरुमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली दिने गरिन्छ । यस दिनको अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोपूजा र निशानापूजा पनि गरिन्छ ।

यसअवसरमा हनुमान ढोका दरबारका साथै नेपाली सेनाका व्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । महानवमीकै दिनका अवसरमा आज नेवारी समूदायले भने भीमसेनलायृ बलिसहित पूजा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News