भोजपुरमा टेम्पु दुर्घटना : एकको मृत्यु, चार घाइते



काठमाडौं, असोज २३
भोजपुर, रौतहट, सप्तरी,बारा र नवलपरासी (पूर्व) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

भोजपुर, हतुवागढि गाउँपालिका ५ होम्ताङस्थित सडकमा को.२ ह ७६८६ नम्बरको टेम्पु अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका टेम्पुमा सवार हतुवागढि गाउँपालिका ४ खैराङ बस्ने मिलन राईकी छोरी ८ वर्षीया गुराँस राईको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान अस्पताल लगिएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका ४ स्थित सडकमा ग. १ ख ६१०७ नम्बरको बस र बिआर ०५ एबि ८०५५ नम्बरको कार एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा कारमा सवार भारत पूर्वी चम्पारण रक्सौल बस्ने २५ वर्षीय सागर कुमारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको चपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिनुका साथै फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, खड्क नगरपालिका ८ बिसनपुर चौकस्थित सडकमा बा.६८ प ६८८७ नम्बर र ज.६ प ६८५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा
बा.६८ प ६८८७ नम्बरमा सवार सुरुङगा नगरपालिका १ पिपरा बस्ने २७ वर्षीय अरबिन्द चौधरी र ज.६ प ६८५३ नम्बरको मोटरसाइकलमा सवार खड्क नगरपालिका ६ बिरपुर बस्ने
२८ वर्षीय अनबारुल अनसारीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।

बारा, बारागढी गाउँपालिका(५ स्थित सडकमा ना.३९ प २४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरुषको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका १६ स्थित सडकमा ना. ७ ख ५८१५ नम्बरको बस र लु.२ च ६०७० नम्बरको बोलेरो गाडी एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका हाल नाम थर, वतन नखुलेका बोलेरो गाडीका चालकको मध्यबिन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो गाडीमा सवार हाल नाम थर, वतन, नखुलेका व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News