सिन्धुपाल्चोकमा बस दुर्घटना, आठ जनाको मृत्यु


 



काठमाडौं, असोज २४
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

जिल्लाको सुपाघाटबाट काठमाडौंतर्फ आइरहेको बा २ ख २७१५ नम्बरको बस गाउँपालिकाको वडा नम्बर १० बडहरे झिल्के मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर आठ जनाकाृ मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधव काफ्ले जानकारी दिए । उनकाअनुसार पाँच जनाको घटनास्थलमै र तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परेर दशैं मनाएर कार्यक्षेत्रतर्फ फर्किरहेका ४० जना भन्दा बढी यात्रु घाइते भएको जनाइएको छ । घाइतेहरुको उद्धार गरेर अस्पतालमा पर्याउने काम भइरहेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्