सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो, पाँच जनाको सनाखत


 



सिन्धुपाल्चोक, असोज २४
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

जिल्लाको सुपाघाटबाट काठमडौंका लागि हिडेको बा २ ख २७१५ नम्बरको बस आज विहान इन्द्रावती गाउँपालिकामा दुर्घटना परेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ११ पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

उनकाअनुसार ६ जनाको घटनास्थलमै र बाँकी पाँच जनाको धुलिखेलस्थित अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएको अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको सनाखत भएको छ ।

दुर्घटनामा परेर मृत्यु हुने इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल, वडा नम्बर १० का ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी छ ।

मृतकको संखया अझ बढ्न सक्ने देखिएको छ । घाइतेहरुको उचार भइरहेको छ । घाइतेहरुको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्