घर भाडामा लिएर जुवा खेल, १९ लाख नगदसहित २१ जना जुवाडे पक्राउ


 



काठमाडौं, असोज २६
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले बुढानिलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरबाट उनीहरुलाई नगदसहित पक्राउ गरेको हो । घर भाडामा लिएर जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेहबहादुर सिंहले बताए ।

उनकाअनुसार स्थानीय रमेश तामाङले घरभाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा शनिबार राति २ बजे उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्