सुनको मूल्य थप घट्यो, हेर्नुहोस् कति छ आज ?


 



काठमाडौं, असोज २७
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने आज पनि यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्