देउवालाई कमल थापाको काउन्टरः आलमलाई बोकेर अपराध संरक्षणको प्रयास नगर्नुस्



काठमाडौँ, कात्तिक २

राप्रपा अध्यक्ष कमल थापाले जिउँदै मान्छेलाई इटाभट्टामा पोलेर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई नबोक्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

आलमको गिरफ्तारीलाई सभापति शेरबहादुर देउवाले कांग्रेसविरुद्धको षड्यन्त्र भनेपछि थापाले अपराधलाई संरक्षण नदिन कांग्रेसलाई सचेत गराएका हुन् । साथै अपराधका घटनालाई राजनीतिक रंग नदिन पनि थापाले आग्रह गरेका छन् ।

‘निर्दोष शिक्षकलाई रुखमा बाँधेर हत्या गर्ने, चन्दा नदिएको कारण जनप्रतिनिधिलाई गोली हानी मार्ने र जिउँदो मान्छेलाई ईट्टा भट्टामा हालेर मार्ने कार्य अमानवीय, जघन्य र आतंककारी गतिविधि हुन्।यस्ता अपराधलाई राजनीतिक रंग दिने काम नगरौं। जतिसुकै वर्ष लागोस्,अपराधीले कदापी उन्मुक्ति पाउने छैन’, थापाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News